बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सशस्त्र प्रहरीका निरीक्षक ढकालसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

शुक्रबार, २४ असोज २०८२, १४ : ५८
शुक्रबार, २४ असोज २०८२

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • सशस्त्र प्रहरी निरीक्षक ढकाल र जवान खत्रीले भारतबाट सामान ल्याउन सहजीकरण गरेर १५ हजार घुस लिएको आरोप छ।
  • रुपन्देहीको मझगाँवामा कार्यरत जवान खत्रीले भन्सार छलेर सामान ल्याउन घुस लिएको आरोप लागेको छ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र सशस्त्र प्रहरी जवान यामबहादुर खत्री समेतको आपसी मिलेमतो तथा योजनामा भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग १५ हजार घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

रुपन्देहीकाे कोटहीमाई गाउँपालिका- ५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीले भारतबाट भन्सार छली अवैध रुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै घुस लिएकाे आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप