अपडेट
राष्ट्रपतिले बोलाएको बैठकमा कांग्रेसबाट खड्का र थापा सहभागी हुने
शुक्रबार, २४ असोज २०८२, १६ : ०८
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी हुने भएका छन्।
- पार्टी कार्यालय सानेपामा बसेको बैठकले उपसभापति र महामन्त्रीलाई राष्ट्रपतिको बैठकमा पठाउने निर्णय गर्यो।
- राष्ट्रपति पौडेलले अपराह्न ४ बजे सरकार र दलहरूको बैठक बोलाएका छन्, जुन केही बेरमा सुरु हुनेछ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सरकार र राजनीतिक दलको बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी हुने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा जानकारी गराएर उपसभापति थापा र महामन्त्री थापा राष्ट्रपतिले आयोजना गरेको बैठकमा सहभागी हुन गएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।
राष्ट्रपति पौडेलले अपराह्न ४ बजेका लागि सरकार र दलहरूको बैठक बोलाएका छन् । बैठक केही बेरमा सुरु हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ः गोल्डेन बुटमाथिको घम्साघम्सी
-
नेपालमा संसदीय प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै विकल्प : वामदेव गौतम
-
दुई तिहाइको आडमा सरकारले मनपरी गर्न खोज्यो, खबरदारी आवश्यक छ : युवराज ज्ञवाली
-
खराब मौसमका कारण भारतीय हेलिकप्टर नेपाली आकाशमा छिरेको हो, कुनै गलत मनसाय छैन: परराष्ट्रमन्त्री खनाल
-
नेपालको एलडीसी स्तरोन्नति तीन वर्ष पछाडि धकेल्न सरकारले गर्यो पत्राचार
-
सुस्ता र कालापानी नेपालकै हो : परराष्ट्रमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण