पर्सा र बारामा हैजा नियन्त्रणका लागि आइतबारदेखि खोप लगाइने
बारा । पर्सा र बारामा आइतबारदेखि हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिँदैछ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले ५ लाख खोप बाराको पथलैयास्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा ल्याइएको छ । बाँकी ५ लाख मात्रा खोप आइतबार ल्याइने विभागको खोप इकाईका सन्जिन शर्माले जानकारी दिए ।
गत असोज ८ र ९ मा दक्षिण कोरियाबाट १० लाख १८ हजार ५२ थान खोप ल्याइएको उनले बताए । यो खोपलाई २ देखि ८ डिग्री तापक्रममा राखिएको छ ।
हैजा नियन्त्रणका लागि पर्सामा आइतबार र बारामा मंगलबारदेखि खोप लगाउन सुरु गरिने शर्माले जनाए ।
‘यो खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित र नेपालको औषधि व्यवस्था विभागले अनुमति दिएकाले यसको गुणस्तरमा कुनै प्रश्नचिन्ह छैन’, उनले भने, ‘यो खोप एक जनालाई एकपटक प्रयोग गर्ने सिङ्गल डोज हो ।‘
हैजा नियन्त्रणका लागि लगाइने यो खोप बाराका कलैया, जितपुरसिमर, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर र पर्साका सबै १४ वटै स्थानीय तहमा एक वर्षभन्दा माथिका सबैलाई लगाइने भएको छ ।
विभागको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमले बारा र पर्साका २० वटा स्थानीय तहका १० लाख नागरिकलाई खोप लगाइने बताए । एकैदिन ३ देखि ४ वटा ठाँउमा खोप अभियान सञ्चालन हुनेछ । हैजा नियन्त्रणका लागि लगाइने यो खोपले ४ देखि ६ महिनासम्म कोरोला नामक किटाणुलाई मानिसको शरीरमा आक्रमण गर्न नदिने डा. गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण