नेपाल विश्वभरका पर्यटकहरूको आकर्षक गन्तव्य (तस्बिरहरू)
सारांश
- नेपाल प्राकृतिक सम्पदा र जैविक विविधताले धनी छ, जसले पर्यटकहरूलाई आकर्षित गर्छ।
- नेपालमा लोपोन्मुख वन्यजन्तु, विभिन्न प्रजातिका चराचुरुङ्गी र अनगिन्ती वनस्पति पाइन्छन्।
- देशको ठूलो भूभाग संरक्षित क्षेत्र घोषणा गरिएको छ, र वैज्ञानिक खोज अनुसन्धानमा नेपाल अघि बढ्दैछ।
काठमाडौँ । नेपाल प्राकृतिक सम्पदा तथा जैविक विविधताले विश्वभर परिचित छ । यहाँ पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीले विश्वभरका पर्यटकहरू आकर्षित गर्ने गरेको छ ।

हाम्रो देश भौगोलिक हिसाबले जति सानो छ, प्राकृतिक हिसाबले उति नै ठुलो र सुन्दर छ । हिमनदी, अग्ला हिमाल, पहाड तथा ठुलठुला नदीहरूले विभाजित तराई क्षेत्रले वन्यजन्तु संरक्षणमा संसारलाई उछिनेको छ । ९०० भन्दा बढी प्रजातिका चरा, २०० भन्दा बढी जनावर, उति नै धेरै माछा र ५० भन्दा बढी सरीसृप सँगसँगै अनगिन्ती किरा फट्याङ्ग्रा र वनस्पति नेपालमा पाइन्छ । देशको कुल भूभागको २३.३९ प्रतिशत जमिनलाई संरक्षित क्षेत्र घोषणा गरेको छ ।

हामी कहाँ संसारमै लोपोन्मुख प्रजातिका पाटे बाघ, एक सिंङ्गे गैँडा, जङ्गली हात्ती जस्ता जनावर सजिलै देख्न सकिन्छ । यसैगरी बर्सेनि लाखौँको सङ्ख्यामा विभिन्न प्रजातिका चराहरू अन्य मुलुकहरूबाट नेपाल बसाईँ सरेर आउने गर्छन् ।
त्यसबाहेक पनि संसारमा कतै नपाइने चरा काँडे भ्याकुर हाम्रो देशको पहाडी भूभागमा सजिलै पाइन्छ । यसकै आधारमा पनि वर्तमान समयमा वैज्ञानिक खोज अनुसन्धानमा बिस्तारै अघि सरेको हाम्रो देशले निकट भविष्यमा निकै ठुलो फड्को मार्न सक्ने सम्भावनाहरू प्रशस्त देखिन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण