कर्णालीका मुख्यमन्त्रीको आक्रोश– प्रदेशको बजेटमा केन्द्रले हस्तक्षेप गर्न पाउँदैन
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार केन्द्र सरकारको एकाइ (युनिट) नभएको स्पष्ट पारेका छन् ।
प्रदेश संरचनालाई केन्द्र सरकारको एकाइका रूपमा व्याख्या गरिरहेका बेला मुख्यमन्त्री कँडेलले प्रदेश सरकार कसैको एकाइ नभएको बताएका हुन् ।
‘हामी कसैको एकाइ होइनौं, हामीले यही कुरा सात वर्षदेखि भन्दै आएका छौँ,’ शनिबार सचिवहरूसँगको छलफलमा उनले भने । उनले सचिवहरूलाई केन्द्र सरकारका कुरा पनि सुन्नुपर्ने तर संविधानअनुसार काम गर्नुपर्नेमा जोड दिए । संविधानको परिधिभित्र रहेर काम गरेमा प्रदेश सरकारले सहजीकरण गर्ने उनले बताए ।
केही समयअघि केन्द्र सरकारले प्रदेश सांसदहरूको स्वकीय सुविधा खारेज गर्ने परिपत्र गरेपछि प्रदेशको कर्मचारीतन्त्रले त्यसलाई कार्यान्वयन गर्न प्रदेश सभालाई पत्र लेखेको थियो । तर, मुख्यमन्त्री कँडेलले उक्त सुविधा तत्काल खारेज गर्ने विषयमा हतार नगर्न भन्दै प्रदेश सभा सचिव जीवराज बुढाथोकीलाई फोनमार्फत भनेका थिए । सोही कारण हालसम्म प्रदेशका सांसदहरूको स्वकीय सचिवको सुविधा खारेज भएको छैन ।
मुख्यमन्त्री कँडेलले सचिवहरूलाई केन्द्र सरकारको हरेक निर्देशनलाई मात्र नहेरी संविधानको मर्मअनुसार काम गर्न पुनः आग्रह गरे । उनले प्रदेशलाई हिजोभन्दा राम्रो बनाउने दिशामा लाग्न पनि निर्देशन दिए । साथै, केन्द्र सरकार प्रदेशको बजेटभित्र प्रवेश गर्न नपाउने उनको भनाइ छ ।
केन्द्र सरकारको खर्च कटौती अभियानलाई लक्षित गर्दै कँडेलले भने, ‘केन्द्रले स्रोतमा कारण देखाएर रकम घटाउन सक्छ, त्यसमा मैले प्रश्न गर्दिनँ । तर, प्रदेशको बजेटभित्र प्रवेश गर्ने अधिकार उसलाई छैन ।’
उनका अनुसार केन्द्रले प्रदेशको बजेटको ‘यो शीर्षक’ वा ‘त्यो शीर्षक’ भनेर तोक्न पाउँदैन । केन्द्रले आफ्नो प्रणालीअनुसार बजेट नपठाउने बताए त्यसका लागि प्रदेश सरकार विकल्प खोज्न तयार रहेको पनि उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण