देउवालाई शशांकको आग्रह, ‘तत्काल कार्यवाहक सभापति तोक्नुस्’
सारांश
- डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यसमिति विघटन गर्न आग्रह गरेका छन्।
- उनले देउवालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न र महाधिवेशनको मिति तय गर्न सुझाव दिए।
- कोइरालाका अनुसार, आगामी मङ्सिरमा पार्टीको नियमित महाधिवेशन हुनुपर्छ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यसमिति तत्काल विघटन गर्न आग्रह गरेका छन्। उनले देउवालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिएका हुन्।
शनिबार पार्टी मुख्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले आगामी मङ्सिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कसैलाई कार्यवाहक सभापतिको जिम्मा दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताए।
नेता कोइरालाले भने– ‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नुपर्छ। मैले शेरबहादुरजीलाई भने— यो मेरो व्यक्तिगत विचार हो। मैले उहाँलाई के भने भने तपाईं विघटन गर्नुस्। एक जनालाई कार्यवाहक सभापति दिनुस्। उनले गठन गर्छन्। र उनले नै मिति तय गर्छन्। मलाई लाग्दछ– मङ्सिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो।’
उनले अब बन्ने कार्यवाहक सभापतिले नै पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने पनि स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण