सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

राजेश हमालको जीवनगाथा ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

शनिबार, २५ असोज २०८२, १६ : ३९
शनिबार, २५ असोज २०८२

सारांश

  • राजेश हमालको जीवन, सिनेमा यात्रा र समाजप्रतिको योगदान समेटिएको पुस्तक 'महानायक राजेश हमाल : युगदेखि युगसम्म' सार्वजनिक भयो।
  • पुस्तकमा हमालको पर्दादेखि पानासम्मको यात्रा, चलचित्र क्षेत्रको समय, सङ्घर्ष र सफलताका कथाहरू समेटिएका छन्।
  • पुस्तकमा हमालको चलचित्रिक योगदान, विचार, समाजप्रतिको दृष्टिकोण र नेपाली सिनेमा विकासमा दिएको भूमिका समावेश छ।

काठमाडौँ । नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमा यात्रा र समाजप्रतिको योगदान समेटिएको पुस्तक ‘महानायक राजेश हमाल : युगदेखि युगसम्म’ सार्वजनिक भएको छ। असोज २५ गते (शनिबार) काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित एक कार्यक्रममा यो पुस्तक लोकार्पण गरिएको हो।

rajesh hamal book (2)

यो पुस्तक लेखक यज्ञशसँगको संवादमा आधारित रहेको छ। लोकार्पण कार्यक्रममा स्वयं महानायक राजेश हमाल, लेखक यज्ञश, चर्चित लेखक बुद्धिसागर र मधु भट्टराईले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे।

rajesh hamal book (3)

‘युगदेखि युगसम्म’ मा राजेश हमालको पर्दादेखि पानासम्मको लामो यात्रा, चलचित्र क्षेत्रमा बिताएको समय, सङ्घर्ष, सफलताका कथाहरू र व्यक्तिगत जीवनका सम्झनाहरू समेटिएका छन्। पुस्तकले हमालको जीवनका स्मृति र संस्कारहरू लाई आत्मीय ढङ्गले प्रस्तुत गरेको छ।

rajesh hamal book (4)

कार्यक्रममा उपस्थित चलचित्रप्रेमी र पाठकहरूको उत्साह उल्लेखनीय थियो। भक्तपुरबाट आएका रवीन्द्र बस्नेतले बिहानै पुस्तक लिन आएको र सुरुका २५ जनाले मात्र हस्ताक्षरसहितको निःशुल्क पुस्तक पाउने अवसरमा भाग्यमानी बनेर पाउन सफल भएको बताए। उनले भने, ‘चलचित्र क्षेत्रमा देखिँदै आएको चमकमाथि उहाँको वास्तविक जीवन र उहाँवरिपरिको संसार बुझ्न अब हामी अझ नजिकबाट जान पाउनेछौँ। म सबैलाई यो पुस्तक पढ्न अनुरोध गर्छु।’

rajesh hamal book (5)

त्यसैगरी, अर्का उत्साही पाठक बुद्धि ब्लोन तामाङ ले पहिले फेसबुकमा पुस्तकबारे थाहा पाउनेबित्तिकै पढ्ने हतार भएको बताए। उनले भने, ‘हामीले पर्दामा हेर्दा उहाँको जीवन रमाइलो र ग्लामरस देखिन्छ, तर यस पुस्तकमार्फत उहाँको सङ्घर्ष, मिहिनेत र आत्मबलको कथा बुझ्न सकिन्छ।’

rajesh hamal book (6)

पुस्तकमा हमालको चलचित्रिक योगदान मात्र नभई उनको विचार, समाजप्रतिको दृष्टिकोण र नेपाली सिनेमा विकासमा दिएको भूमिका पनि समेटिएको छ। ‘महानायक राजेश हमाल : युगदेखि युगसम्म’ सिनेमाप्रेमी, साहित्यप्रेमी र हमालका प्रशंसकहरूका लागि पढ्नैपर्ने कृति बनेको उपस्थित सबैले बताएका थिए।

rajesh hamal book (7)

तस्बिर : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप