जेलबाट भागेको २१ औँ दिनमा पूर्वपरिचितको हत्या
सारांश
- काठमाडौँको ठमेलमा भएको झगडामा एक युवकको मृत्यु भएको छ।
- मकवानपुरका सुरज तामाङलाई कैँची प्रहार गर्ने आकाश मगर रहेको पुष्टि भएको छ।
- आकाश मगर नख्खु कारागारबाट भागेका थिए र उनी लागूऔषध मुद्दामा दोषी थिए।
काठमाडौँ । काठमाडौँको ठमेल स्थित बुद्धबार गल्लीमा असोज १३ मा झगडा भयो । मकवानपुर घर भएर बालाजु मनमैजु बस्ने २५ वर्षीय सुरज तामाङ घाइते भए । उनीमाथि अर्का युवकले कैँची प्रहार गरेका थिए । वीर अस्पतालमा उपचारको क्रममा असोज १४ मा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
तामाङको हत्यामा कारागारबाट भागेका युवकको संलग्नता पुष्टि भएको छ । जेनजी प्रदर्शनको क्रममा नख्खु कारागारबाट भागेका आकाश मगरले उनको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आकाश मगर दाङको राप्ती गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् ।
हत्यापछि फरार रहेका मगरको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । मृतक र आरोपी पूर्व परिचित हुन् । घटनाकाे दुई दिनअघि पनि उनीहरूको बिचमा झगडा भएको थियो । त्यही रिसमा आकाशले असोज १३ मा कैँची प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘दुई दिनअघि सुरजले हत्या आरोपीलाई कुटेको रहेछ ।’
आकाशलाई लागुऔषध मुद्दामा अदालतले ५ वर्ष कैद ठेकेको छ । लागुऔष नियन्त्रण ब्युरोले गरेको अनुसन्धानको आधारमा जेल परेका उनी २०८० असोज २७ गतेदेखि नख्खु कारागारमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका कानुनमन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्ग
-
तस्बिरमा हेर्नुहोस् विवादका बिच सुरु भएको राप्रपा केन्द्रीय समिति बैठक
-
विदेश नीतिमा बौद्ध धर्मको प्रभाव, के गर्दैछन् भारत, चीन र नेपाल ?
-
१ खर्बको मुद्दा र ‘म पनि पर्छु कि’ भन्ने डरले सेयर बजार घट्यो : अर्थमन्त्री
-
अनेरास्ववियू क्रान्तिकारीद्वारा भक्तिवेदान्त गुरुकुलमा भएको घटनाको विरोध
-
अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण