अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’
शुक्रबार, ०५ असार २०८३, १३ : ००
सारांश
- दिग्गज अभिनेता मदनकृष्ण श्रेष्ठलाई 'राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८३'मा 'चलचित्र दीर्घ साधना सम्मान' प्रदान गरिएको छ ।
- राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई ३ लाख ७५ हजार नगद सहित खाता तथा सम्मानपत्र प्रदान गरे ।
- श्रेष्ठ सम्मान ग्रहण गर्न परिवार सहित राष्ट्रपति भवन पुगेका थिए ।
काठमाडौँ । दिग्गज अभिनेता मदनकृष्ण श्रेष्ठले ‘चलचित्र दीर्घ साधना सम्मान’ प्राप्त गरेका छन् ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८३’मा श्रेष्ठलाई सो सम्मान दिइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गरेको उक्त सम्मानमा ३ लाख ७५ हजार नगद सहित खाता तथा सम्मानपत्र रहेको छ । सम्मान ग्रहण गर्न श्रेष्ठ परिवार सहित राष्ट्रपति भवन पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
-
ललितपुरमा घर बनाउन कडा नियम : सेप्टिक ट्याङ्कदेखि दुई रुखसम्म
-
वीरगञ्जको बाल सुधार गृहबाट फरार भएका दुई बालक डेढ घण्टामै सीमा क्षेत्रबाट पक्राउ
-
स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लबद्वारा हस्तान्तरण
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
रास्वपा सांसद नै नभएको राष्ट्रियसभा किन ११ गतेसम्म स्थगित भयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण