महोत्तरीको ९ वटा पालिकामा मात्रै २ हजार हेक्टर धानबाली नष्ट
सारांश
- रातो नदीको तटबन्ध भत्किँदा नौ पालिकामा करिब दुई हजार हेक्टरमा लगाइएको धानबाली नष्ट भएको छ।
- बाढीले उखु, तरकारी र दलहन बालीमा समेत क्षति पुर्याएको छ, जसमा सोनमा गाउँपालिकामा उखु र मटिहानी नगरपालिकामा तरकारीमा बढी क्षति भएको छ।
- कृषि ज्ञान केन्द्रका अनुसार बाढीबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण नौ पालिकाबाट प्राप्त भएको छ।
जलेश्वर । गत आइतबार र सोमबार जिल्लाको रातो नदीको तटबन्ध भत्किएर आएको भीषण बाढीले नौ पालिकामा मात्रै करिब दुई हजार हेक्टरमा लगाइएको धानबाली नष्ट भएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादवका अनुसार जिल्लाका १५ पालिकामध्ये अहिलेसम्म नौ पालिकाबाट मात्रै प्राप्त विवरणअनुसार बाढीले करिब दुई हजार हेक्टर जमिनमा लगाइएको धानबाली डुबाएर नष्ट भएको छ ।
उनका अनुसार अहिलेसम्म प्राप्त भएको विवरणअनुसार जिल्लाको महोत्तरी गाउँपालिकामा सबैभन्दा बढी ६०० हेक्टर, बलवा नगरपालिकामा ५०० हेक्टर, मटिहानी नगरपालिकामा ३०० हेक्टर, एकडारा गाउँपालिकामा ३०० हेक्टर, लोहारपट्टी नगरपालिकामा १०० हेक्टर, भङ्गाहा नगरपालिकामा ८६ हेक्टर, औरही नगरपालिकामा २३ हेक्टर, गौशाला नगरपालिकामा २० हेक्टर र सोनमा गाउँपालिकामा १० हेक्टर गरी एक हजार ९३९ हेक्टर जग्गामा लगाइएको धानबाली नष्ट भएको छ ।
त्यसैगरी, ती पालिका बाढीले गर्दा नै एक हजार २९० हेक्टर उखुबाली, ६३६ हेक्टर तरकारी बाली र १५३ हेक्टर जग्गामा लगाइएको दलहन बाली नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उखुबालीमा सबैभन्दा बढी सोनमा गाउँपालिकामा ८७५ हेक्टर र तरकारी बालीमा सबैभन्दा बढी मटिहानी नगरपालिकामा १०० हेक्टर क्षति भएको जनाइएको छ ।
रातो नदीको तटबन्ध भत्किएर जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका नै प्रभावित हुनेगरी जिल्लामा भीषण बाढी आएको थियो । त्यसले कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । कृषि ज्ञान केन्द्रले बाढीबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण प्रत्येक पालिकाबाट माग गरेकामा अहिलेसम्म नौ पालिकाले मात्रै क्षति विवरण उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण