अत्तरियाको होटलमा चक्कु प्रहार, एक युवक गम्भीर घाइते
सोमबार, २७ असोज २०८२, ०९ : ३३
सारांश
- कैलालीको अत्तरियामा एक युवकमाथि चक्कु प्रहार भएको छ।
- डडेल्धुराका ३२ वर्षीय गौरव ऐरमाथि शुभम् होटलमा चक्कु प्रहार भएको थियो।
- घाइते ऐरलाई थप उपचारका लागि भारत पठाइएको छ भने आक्रमणकारीको खोजी भइरहेको छ।
कैलाली । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियामा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन्।
आइतबार राति गोदावरी नगरपालिका–४ मा रहेको शुभम् होटलमा खाना खाइरहेका बेला डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय गौरव ऐरमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार ऐर होटलमा खाना खाइरहेका बेला ४/५ जनाको समूहमा आएका व्यक्तिहरूले उनीमाथि चक्कु प्रहार गरेका थिए।
घाइते ऐरलाई थप उपचारका लागि भारत पठाइएको प्रहरी प्रवक्ता सिंहले जानकारी दिएका छन्। चक्कु प्रहार गर्नेहरूको पहिचान खुलिसकेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण