युक्रेनतर्फ टोमाहक मिसाइल पठाउँदै ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई लामो दूरीको टोमाहक मिसाइल पठाउने तयारी गर्दै छन्, जसले रुससँगको युद्धमा थप मद्दत गर्नेछ।
- ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँगको फोनवार्तापछि रुसविरुद्ध आक्रमणका लागि सैन्य क्षमता बढाउन जोड दिएका छन्।
- रुसले अमेरिकालाई यस्तो मिसाइल पठाएमा सम्बन्धमा द्वन्द्व आउने चेतावनी दिएको छ, तर ट्रम्पले युक्रेनलाई मिसाइल दिने संकेत गरेका छन्।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा लामो दूरीको टोमाहक मिसाइल पठाउने तयारी गरेका छन् । यसले रुससँगको युद्धमा युक्रेनलाई थप टेवा मिल्ने समाचारमा उल्लेख छ ।
एयर फोर्स वनमा इजरायल जाने क्रममा पत्रकारहरूले ट्रम्पलाई टोमाहक मिलाइल पठाउनुहुन्छ भनेर सोधेका थिए । यसको जवाफमा ट्रम्पले ‘हेरौँ.... हुन सक्छ’ भन्ने जवाफ दिएका थिए ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबिच सप्ताहन्तमा दोस्रो फोनवार्तापछि यो टिप्पणी आएको हो । फोन वार्तामा ट्रम्पले रुसविरुद्ध आक्रमण शुरु गर्न युक्रेनको सैन्य क्षमता बलियो बनाउनमा जोड दिइरहेका छन् ।
युक्रेनलाई लामो दूरीको मिसाइल नदिन यस अघि पनि रुसले अमेरिकालाई चेतावनी दिएको थियो । यस्तो भयो भने अमेरिका र रुस सम्बन्धबिच द्वन्द्व र तनाव बढ्ने रुसको चेतावनी छ ।
टोमाहक मिसाइल २ हजार ५०० किमी परसम्म पुग्न सक्छ । युक्रेनले यो मिसाइल पायो भने रुसको निकै भित्रसम्म आक्रमण गर्न सक्नेछ ।
युक्रेनले टोमाहक मिसाइल मागेको बारे आफूले रुससँग पनि कुरा गर्ने ट्रम्पले बताएका छन् । युक्रेन युद्ध अन्त्य भएन भने आफूले युक्रेनलाई टोमाहक मिसाइल दिनेछु भनेर रुसलाई बताइने पनि ट्रम्पले भने ।
टोमाहक आफूतिर तेर्सिएको रुसले पक्कै चाहँदैन भन्ने उनको भनाइ थियो । युक्रेनले अमेरिकासँग बारम्बार टोमाहक मागिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण