२ लाख रुपैयाँ घुस लिने मालपोत कार्यालयका खरिदारविरुद्ध मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट २०८२ असोज २८ गते जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, खरिदार भण्डारीले साबिक दोलालघाट गा.वि.स. वडा नं. ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गा हकवालाको नाममा दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचना र उजुरी परेको थियो।
सोही सूचनाका आधारमा खटिएको टोलीले खरिदार भण्डारीलाई सेवाग्राहीसँग रु. २ लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
अनुसन्धानका क्रममा उनले जग्गा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको स्थापित भएको आयोगले जनाएको छ।
अख्तियारले खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु. २ लाख कायम गरी सोही ऐनबमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य क्षेत्रको तुलनामा बैंकको प्रतिफल न्यून छ : सीईओ ज्ञवाली
-
लामो समय विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका पीएसओहरु धमाधम फिर्ता
-
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था अझै रहस्यमै
-
मौद्रिक नीतिमा निजी क्षेत्रको सुझाव : बजेटले नसमेटेका कुरा मौद्रिक नीतिले सम्बोधन गरोस्
-
नगरपालिकाको रकम हिनामिना लुकाउन मेयरले आफ्नै अपहरणको नाटक गरेपछि...
-
‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण