अवैध सामानसहित एक जना पक्राउ
कपिलवस्तु । कपिलवस्तु प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट ५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध किवि र कबाडका सामान सहित एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षिय सुग्रीव केवटलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) रिपेन्द्र कुमार सिंहका अनुसार मंगलबार कृष्णनगर नगरपालिकाको यात्रु गेटबाट भन्सार छली ल्याइएको १ लाख ८५ हजार २ सय ५० रुपैयाँ मूल्य बराबरको ७ सय ४१ केजी किवि बरामद गरिएको हो ।
१३ वटा बोरामा राखिएको उक्त किवि बेवारिसे अवस्थामा फेला परेको थियो। बरामद गरिएको किवि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको हो ।
यसैगरी प्रहरीले दोहनीबाट गौरातर्फ जाँदै गरेको ना २ ख ९५५२ नम्बरको ट्रकबाट बिलबिजक बिनाको ३ लाख १५ हजार १५० रुपैयाँ मूल्य बराबरको कबाड सामान बरामद गरेको छ । ट्रकमा ७ हजार ५ सय ३० केजी प्लास्टिकका कबाड सामान फेला परेको थियो ।
बरामद कबाड सामान र चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण