उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु
सारांश
- पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ ।
- भत्किएको पर्खालले लागेर ५ जना घाइते भएका थिए, जसमध्ये ३ जनाको उपचारको क्रममा मृत्यु भयो ।
- मृत्यु हुनेमा खैरहनी र गोरखाका व्यक्तिहरू छन्, भने घाइते हुने दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज बिहान ९ः ५० बजे भत्किएको थियो ।
भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए । उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ४५ वर्षीय रमेश दमाई र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । उनीहरूको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महतो र ४० वर्षीय अकजप्रसाद थारु रहेका छन् । घाइते दुवैको सोही अस्पतालमा उपचार भइरहेको छ भने अवस्था मध्यम रहेको खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य क्षेत्रको तुलनामा बैंकको प्रतिफल न्यून छ : सीईओ ज्ञवाली
-
लामो समय विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका पीएसओहरु धमाधम फिर्ता
-
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था अझै रहस्यमै
-
मौद्रिक नीतिमा निजी क्षेत्रको सुझाव : बजेटले नसमेटेका कुरा मौद्रिक नीतिले सम्बोधन गरोस्
-
नगरपालिकाको रकम हिनामिना लुकाउन मेयरले आफ्नै अपहरणको नाटक गरेपछि...
-
‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण