सिरहाको नदी किनारमा नवजात शिशु भेटियो
बुधबार, २९ असोज २०८२, १३ : ४४
सारांश
- सिरहाको गोलबजारमा झाडीमा फालिएको अवस्थामा एक नवजात शिशुको उद्धार गरिएको छ।
- स्थानीयवासीले शिशु रोएको आवाज सुनेपछि वडाध्यक्षलाई खबर गरेका थिए, जसले बालिकाको उद्धार गरे।
- शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
सिरहा । सिरहाको गोलबजार नगरपालिका–१० स्थित घुर्मी नदीको किनारमा झाडीभित्र फालिएको अवस्थामा एक नवजात बालिका शिशुको उद्धार गरिएको छ।
स्थानीयवासी रामदुलार यादवले झाडीभित्र शिशु रोएको आवाज सुनेपछि वडाध्यक्ष उपेन्द्र मुखियालाई खबर गरेका थिए। तत्काल घटनास्थल पुगेर वडाध्यक्ष मुखियाले बालिकालाई सुरक्षित उद्धार गरेका हुन्।
उद्धारलगत्तै शिशुलाई उपचारका लागि वर्धमान अस्पताल, गोलबजारमा लगिएको वडाध्यक्ष मुखियाले जानकारी दिए । अस्पतालका अनुसार हाल शिशुको स्वास्थ्य अवस्था सामान्य छ र उपचार भइरहेको छ।
घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारको टोली घटनास्थलमा पुगेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी रमेश बहादुर पालले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण