विशेष अधिकार प्रयोग गरेर विशेष महाधिवेशनको माग गरिएको हो : घिमिरे
सारांश
- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टी नेतृत्वलाई विशेष महाधिवेशनको माग गरेका छन्।
- उनीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको निवेदन बुझाएका हुन्।
- महाधिवेशन प्रतिनिधिहरूले ५३ प्रतिशत हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेका हुन्।
काठमाडौँ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टी नेतृत्वलाई विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसहितको निवेदन बुझाएका छन्।
जेनजी आन्दोलनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब बढिरहेका बेला, बुधवार अपराह्न उनीहरूले पार्टी मुख्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निवेदन दिएका हुन्।
महाधिवेशन प्रतिनिधिहरूले ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहितको निवेदन बुझाएका छन्। पार्टीका नेता गुरु घिमिरेका अनुसार नियमित महाधिवेशनको प्रक्रिया सुरु नभएपछि विशेष अधिकार प्रयोग गरेर विशेष महाधिवेशनको माग गरिएको हो।
नेता घिमिरेले यो कदम महाधिवेशन प्रतिनिधिको विशेषाधिकार र केन्द्रीय कार्यसमितिको क्षेत्राधिकारभित्र रहेको स्पष्ट पारे। उनले भने, ‘हामीले पार्टीको यो सिङ्गो आत्मा, मेरुदण्ड र मूल प्रवाहको रूपमा रहनुभएका साथीहरूको भावनालाई प्रतिनिधित्व गर्दै आज कार्यवाहक सभापतिलाई यो निवेदन दिने निर्णय गरेका छौँ।’
आगामी मङ्सिरभित्र नियमित महाधिवेशन गराउने विषयमा पार्टी पदाधिकारीहरूबिच एकमत हुन नसकेपछि विशेष महाधिवेशनको माग गर्नुपरेको महाधिवेशन प्रतिनिधिहरूको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण