बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बरहवा नदीमा हाम फालेका पुरुषको मृत्यु

बुधबार, २९ असोज २०८२, १९ : ५०
बुधबार, २९ असोज २०८२

रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर ०५ स्थित बरहवा पुलबाट नदीमा हाम फालेका अन्दाजी ३५/४० वर्षका एक पुरुषको मृत्यु भएको छ । 

बुधबार बेलुका ५ः१५ बजेतिर ती व्यक्ति नदीमा हाम फालेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रौतहट, सशस्त्र प्रहरी बल र वीर दल गणको टोली तत्काल घटनास्थल पुगेको थियो ।

खोजी कार्यका क्रममा बेलुका ६ः१५ बजे सोही नदीमा फेला परेका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएको थियो । अस्पतालका डाक्टरहरूले चेकजाँचपछि उनलाई मृत घोषणा गरेका थिए ।

हालसम्म सनाखत हुन नसकेको मृतकको शव सोही अस्पतालमा राखिएको छ। प्रहरीका अनुसार मृतकको हुलिया गहुँ गोरो वर्ण, मझौला शरीर, ५ फिट ७ इन्च उचाइ, हरियो फुल भेष्ट र कलेजो रङको फुल ट्र्याक लगाएको तथा तराई मूलको जस्तो देखिने रहेको छ । 

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको र हुलिया मेल खाने व्यक्तिले सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप