रातोपाटीकर्मी चिमरिया सम्मानित
सारांश
- रातोपाटीकर्मी अमृत चिमरियालाई कृषि विभागले सम्मान गरेको छ।
- विश्व खाद्य दिवसको अवसरमा उनलाई स्वच्छ कृषिवस्तु उत्पादन र खाद्य सुरक्षामा योगदान पुर्याएकोमा सम्मान गरिएको हो।
- कार्यक्रममा मन्त्री डा. परियारले युवा पुस्तालाई कृषिमा आकर्षित गर्नुपर्ने बताए।
काठमाडौँ । रातोपाटीकर्मी अमृत चिमरिया सम्मानित भएका छन् । सूचना सम्प्रेषणमार्फत स्वच्छ कृषिवस्तु उत्पादन एवम् खाद्य तथा पोषण सुरक्षा प्रवर्द्धन गर्दै दीगो कृषि एवं खाद्य तथा पोषण सुरक्षामा योगदान गरेको भन्दै कृषि विभागले ४५ औँ विश्व खाद्य दिवसको अवसरमा चिमरियालाई सम्मानित गरेको हो ।
‘स्वच्छ खाना र सुखद भविष्यको लागि हातेमालो’ भन्ने नाराका साथ बिहीबार ४५ औँ विश्व खाद्य दिवस मनाइएको छ । ललितपुरको हरिहरभवनस्थित विभागको परिसरमा आयोजित कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्री डा.मदन परियार, कृषि मन्त्रालयका सचिवद्वय डा. गोविन्दप्रसाद शर्मा र दीपक कुमार खराल सहभागी थिए ।
त्यस्तै, कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल तथा विश्व खाद्य कार्यक्रम संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) का नेपाल र भुटान हेर्ने प्रतिनिधि केन समिजु लगायतको समेत कार्यक्रममा उपस्थिति थियो ।
कार्यक्रममा मन्त्री डा.परियारले नेपाललाई कृषिको क्षेत्रमा युवा पुस्तालाई कृषिमा जोड्नुपर्नेमा जोड्नुपर्ने र यसका लागि सरकारले आवश्यक सहयोग गर्न तयार रहेको भन्दै यो क्षेत्रमा आउन आह्वान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण