जेनजी अगुवा भन्छन्– भदाै २३ र २४ गतेको घटनाको छानबिन हुनुपर्छ
सारांश
- जेनजी आन्दोलनमा सहभागी ७० भन्दा बढी अगुवाहरूले छानबिनको माग गरेका छन्।
- शहीद र घाइते परिवारलाई क्षतिपूर्ति र सहयोगको माग गर्दै दोषीलाई कारबाहीको माग गरिएको छ।
- जेनजी पुस्ताले निर्वाचनमा सबै राजनीतिक दलहरूलाई सहभागी हुन आह्वान गरेको छ।
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी भएका ७० भन्दा बढी जेनजी अगुवाहरूले आन्दोलनको दुवै दिनको छानबिन गर्नुपर्ने बताएका छन् ।
२३ गते भएको दमन र त्यसपछि भएको तोडफोड, आगजनी दुवै कुरालाई सरकारले गम्भीर ढङ्गले लिनुपर्ने बताएका हुन् ।आन्दोलनका घटनाहरूबारे निष्पक्ष छानबिनको माग गर्दै जेनजी अगुवाहरूले संयुक्त रूपमा विज्ञप्ति निकालेका छन् ।
शहीद तथा घाइते परिवारलाई तत्काल क्षतिपूर्ति र सहयोगको माग समेत उनीहरुले गरेका छन् । दमन, हत्या, आगजनी, लुटपाट जस्ता आपराधिक घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र शान्तिपूर्ण आन्दोलनलाई अपराधीकरण गर्ने प्रयासको भर्त्सना गरिएको विज्ञप्तिमा उल्लेख छ ।
जेनजी पुस्ताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै हिंसात्मक व्यवहार अस्वीकार गरेको जनाएको छ ।
तर्क, विचार तथा संवादमा आधारित नयाँ राजनीतिक संस्कृतिको वकालत गर्नुपर्ने भन्दै उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरूलाई पूर्ण स्वायत्तता दिई विगतका भ्रष्टाचारका मुद्दाहरूको छानबिन गरी निष्कर्षमा पुर्याउन पनि माग गरिएको छ ।
आन्दोलनका कारण गठित अन्तरिम सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेको सन्दर्भमा जेनजी पुस्ताले सबै राजनीतिक दलहरूलाई आगामी निर्वाचनमा सहभागी हुन आह्वान गरेको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण