शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
शिक्षा

कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

शुक्रबार, ३१ असोज २०८२, ०७ : ५९
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
  • परीक्षामा १४ हजार ९ सय १० विद्यार्थी सहभागी भएकोमा ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
  • नतिजा बोर्डको वेबसाइट र नेपाल टेलिकमको १६०१ नम्बरमा हेर्न सकिनेछ।

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

नतिजा अनुसार कूल १४ हजार ९ सय १० विद्यार्थी सहभागी भएकोमा ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण  भएका छन्  । २ जनाको परीक्षा रद्द गरिएको छ । 

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिने छ ।

ee

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप