तत्कालीन ऊर्जामन्त्री लक्षित आफ्नै स्ट्याटस सेयर गर्दै महावीरले भने– भविष्यवाणी गर्ने ज्योतिषी जस्तै भएँ
काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू भविष्यवाणी गर्ने ज्योतिषी जस्तै भएको बताएका छन् ।
तत्कालीन ऊर्जामन्त्री दिपक खड्का लक्षित गत जेठमा लेखिएको आफ्नै स्ट्याटस शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै मन्त्री पुनले सो कुरा बताएका हुन् ।
आफू भविष्यवाणी गर्ने ज्योतिषी नभए पनि वेलावेलामा भनेका कुराहरू निकै मिल्न गरेको बताए ।
पुनले लेखेका छन्,'जेनजी आन्दोलन सुरु हुनु भन्दा १४० दिन अगाडि जेठ महिनाको ७ गते मोरङको बेलवारीतिर किताब बेच्दै गर्दा मैले फेसबुक पोष्टमा त्यसो भनेको थिएँ । नभन्दै त्यो फटाहा ऊर्जा मन्त्रीलाई लखेट्न र भ्रष्ट सरकारलाई हटाउन भदौ २३ र २४ को जेनजी आन्दोलन भयो त । मेरो भविष्यवाणी ठ्याक्कै मिल्यो नि । यति भए पछि म पनि भविष्यवाणी गर्ने ज्योतिष जस्तै भएँ । मेरो अरू पनि भविष्यवाणीहरू छन् । भन्दै गरुम्ला ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण