आईसीसी सीडब्ल्यूसी लिग २ः क्यानद्वारा १५ खेलाडीको नाम सार्वजनिक, भीम सार्की अटाए
सारांश
- आईसीसी सीडब्ल्यूसी लिग २ को १५औं चरण यूएईमा अक्टोबर २६ देखि सुरु हुने भएको छ।
- नेपाल क्रिकेट संघले प्रतियोगिताका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ, जसमा भीम सार्की र अनिल साह परेका छन्।
- यो लिग २०२७ को एकदिवसीय विश्वकप क्वालिफिकेसनको महत्त्वपूर्ण हिस्सा हो, जसमा नेपालले ओडीआई मान्यता कायम राख्ने अवसर पाउनेछ।
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक रूपमा घोषणा गरेको आईसीसी सीडब्ल्यूसी लिग २ को १५औँ चरणका खेलहरू अक्टोबर २६ देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने भएका छन् ।
यस महत्त्वपूर्ण प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले खेल्ने खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । खेलहरू २६ अक्टोबरदेखि पाँच नोभेम्बरसम्म हुनेछ ।
क्यानले सार्वजनिक गरेको १५ सदस्यीय टोलीमा युवा खेलाडी भीम सार्की र अनिल साहले स्थान बनाउन सफल भएका छन् । यद्यपि, आदिल अन्सारीलाई भने टिममा राखिएको छैन । नेपाल, अमेरिका र यूएईले प्रतिस्पर्धा गर्ने यस लिगको पहिलो खेलमा नेपालले अक्टोबर २६ मा दुबई इन्टरनेशनल स्टेडियममा खेल्नेछ ।
५० ओभरको ढाँचामा खेलिने यस प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल दुई दिनपछि यूएईसँग खेल्ने तालिका रहेको छ । यस चरणमा तीन टोलीबिच कुल छ वटा खेल हुनेछन्, जहाँ नेपालसहित सबै राष्ट्रले चार-चार पटक प्रतिस्पर्धा गर्नेछन् ।
आईसीसी सीडब्ल्यूसी लिग २ को मुख्य उद्देश्य एसोसिएट राष्ट्रहरूलाई नियमित एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेल्ने अवसर प्रदान गर्नु हो । यस लिगलाई सन् २०२७ मा हुने एकदिवसीय विश्वकप क्वालिफिकेसन प्रक्रियाको एक महत्त्वपूर्ण हिस्सा मानिएको छ, जसले विश्वकपमा पुग्ने बाटो तय गर्छ ।
हाल लिग डिभिजन २ मा नेपालसहित स्कटल्याण्ड, नामिबिया, ओमान, यूएई, अमेरिका र पपुवा न्युगिनी (पीएनजी) जस्ता टोलीहरू रहेका छन् । यो प्रतियोगिता नेपालका लागि आफ्नो ओडीआई मान्यता कायम राख्दै विश्वकप छनोटतर्फ अघि बढ्न महत्त्वपूर्ण अवसर हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण