'परान' ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा
काठमाडौँ । कात्तिक १४ गते रिलिज हुन लागेको फिल्म 'परान'को ट्रेलर सार्वजनिक भएको छ ।
काठमाडौँमा एक कार्यक्रमबिच फिल्मको ट्रेलर लन्च गरिएको हो ।
सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक कथा पस्किँदै छ । फिल्ममा विशेषतः जीवनको उत्तरार्द्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडालाई देखाउन खोजिएको छ ।
बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकांक्षाहरूलाई रोज्दा उत्पन्न हुने परिस्थितिलाई फिल्मको कथा बनाएको छ। फिल्मको शीर्ष भूमिकामा नीर शाह छन् । फिल्मले पारिवारिक दर्शकहरूलाई मूल रूपमा आकर्षण गर्ने ठानिएको छ । ट्रेलर पनि सोही वर्गका दर्शकहरूलाई आकर्षित गर्ने किसिमले तयार पारिएको छ ।

‘परान’लाई दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन् । आचार्यकै कथा रहेको यस फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका हुन् । देशकै प्रतिष्ठित व्यवासायिक घराना गोल्छा र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रालि’ले फिल्म निर्माण गरेको हो ।
फिल्ममा वरिष्ठ अभिनेता नीर शाह, महेश शाह र अञ्जना बराइलीका साथै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण