हङकङ सिक्सेसका लागि शरदको नेतृत्वमा नेपाली टोली घोषणा
आइतबार, ०२ कात्तिक २०८२, १४ : २६
काठमाडौँ । द हङकङ सिक्सेस २०२५ प्रतियोगिताका लागि शरद भेषावकरको नेतृत्वमा सात सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । प्रतियोगिता यही नोभेम्बर ७ देखि ९ सम्म खेलिँदैछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार घोषणा गरेको टोलीमा भेषावकरसहित सन्दीप जोरा, लोकेश बम, बसिर अहमद, आदिल आलम, रासिद खान र रुपेश सिंह रहेका छन् ।
प्रतियोगितामा यसपटक १२ वटा टोलीले भाग लिँदैछन् । नेपाल अफगानिस्तान र दक्षिण अफ्रिकासँगै पुल एमा रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण