पर्यटकलाई लुट्न खोज्ने २ जना पक्राउ
आइतबार, ०२ कात्तिक २०८२, २१ : २२
पोखरा । पोखरा घुम्न आएका पर्यटक लुट्न खोज्ने दुई जनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ । जर्मन पर्यटक एन्स पिटर नार्जिनलाई आइतबार पोखराको अनदुमा हतियार देखाएर लुट्न खोजिएको थियो ।
उनीहरूलाई वडा प्रहरी कार्यालय बैदामले आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँको व्यास घर भई पोखरा बस्ने विशाल दर्लामी र पोखरा ९ कृष्णटोलका नविन विक छन् ।
पक्राउ परेका दुवै जनालाई अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ । ६६ वर्षका पिटर २ महिना अघि घुम्नका लागि पोखरा आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण