काठमाडौँ । सगरमाथाको पहिलो सफल आरोहण दलका एकमात्र जीवित सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको आज टेकु दोभानस्थित चिन्तामणि घाटमा अन्त्येष्टि गरिएको छ।
उनको पार्थिव शरीरमा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएका थिए। साथै, सशस्त्र प्रहरी बलको एक टुकडीले उनलाई अन्तिम सलामी अर्पण गरेको थियो।
सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको शिखर चुम्दा कान्छा शेर्पा भरियाको रूपमा उक्त आरोहण दलमा संलग्न थिए र उनी आठ हजार मिटरको उचाइमा पुगेका थिए। नेपालको पर्वतारोहण इतिहासका एक महत्त्वपूर्ण व्यक्तित्वको निधनले राष्ट्रिय रूपमा क्षति पुगेको छ।
_f2SIBxwxJO.jpg)
_ROggjC5Zxs.jpg)
_90aHVDcKEm.jpg)
_zLESew4P06.jpg)
_sVlOLBFBTM.jpg)
_T8oe25PRii.jpg)
_F17BzHmVD4.jpg)
_FYU3jycPkR.jpg)
_bEzNk1iZaH.jpg)
_rh4n1O1g5J.jpg)
_Tx78Kw4eAy.jpg)
_mo3A72lgBJ.jpg)
_2YVyvjtU3y.jpg)
_4UKq5rC3SW.jpg)
_s4njIf906s.jpg)
_o4mDIP1EBd.jpg)
_hslvoxIzKk.jpg)
_d0EemMCnCo.jpg)
_Gb85fnJmma.jpg)
_LZ3ijEyqM3.jpg)
प्रतिक्रिया