सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

मोटरसाइकल चोरीमा संलग्न दुई जना ललितपुरबाट पक्राउ

सोमबार, ०३ कात्तिक २०८२, १५ : ३७
सोमबार, ०३ कात्तिक २०८२

काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न दुई जना युवालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ घर भएर भक्तपुर बस्ने २० वर्षीय सुवास मोक्तान र दाङ घर भएर भक्तपुर बस्ने १७ वर्षीय सन्दिप बुढा छन् ।

बा.५८ प ८३३७ नम्बरको चोरीको मोटरसाइकल लिएर मकवानपुरतर्फ जाँदै गरेको अवस्थामा उनीहरू बागमती गाउँपालिका–३ स्थित छपेली चेक प्वाइन्टबाट पक्राउ गरेका हुन् । 

उनीहरुले सो मोटरसाइकल भक्तपुरको थिमीबाट चोरेको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरूलाई थप अनुसन्धानको लागी प्रहरी वृत्त थिमीमा बुझाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप