'घरमै गएर हत्या गर्छु' भनी सामाजिक सञ्जालबाट धम्की दिने युवक पक्राउ
रौतहट । सामाजिक सञ्जालमार्फत चरित्र हत्या, धम्कीजस्ता आपराधिक गतिविधिमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ टेकानटोल निवासी अन्दाजी २५ वर्षीय सोम गुरुङ रहेका छन् । उनलाई आइतबार साँझ वसन्तपुर बजारबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गुरुङले चन्द्रपुर–४ का निर्माण व्यवसायी तेजविक्रम कार्कीलाई सामाजिक सञ्जालमार्फत उनकै निवासमा गएर मार्ने धम्की दिएको पोस्ट गरेपछि रौतहट जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको थियो ।
गुरुङले यसअघि पनि कार्कीलाई पटक–पटक धम्की दिने गरेका र सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने गतिविधि गरेका प्रहरीमा परेको उजुरीमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार गुरुङलाई पक्राउ गरी साइबर अपराधअन्तर्गत थप अनुसन्धान भइरहेको छ । गुरुङ अहिले जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण