अपडेट
कर्णालीमा बेपत्ता किशाेरीकाे शव ८ दिनपछि फेला
बुधबार, ०५ कात्तिक २०८२, ०७ : ३१
सारांश
- कालिकोटकी १५ वर्षीया सिर्जना बटालाको शव कर्णाली नदीमा फेला परेको छ।
- उनी असोज २८ गते कर्णाली करिडोरको खुलालु पुलबाट हाम फालेकी थिइन्।
- शव अछाम जिल्लाको तुर्माखाद गाउँपालिका नजिकै फेला परेको हो।
सुर्खेत । पुलबाट हाम फालेर कर्णाली नदीमा बेपत्ता भएकी कालिकोटको नरहरिनाथ गाउँपालिका–७ माल्कोटकी १५ वर्षीया सिर्जना बटालाकाे शव फेला परेको छ।
उनी असाेज २८ गते साँझ करिब ७ बजे कर्णाली करिडोर अन्तर्गत खुलालु पुलबाट हाम फालेको प्रहरीले जनाएको छ।
मंगलबार बेलुका उनकाे शव कर्णाली नदी अन्तर्गत अछाम जिल्लाको तुर्माखाद गाउँपालिका-१ रफ बुढाबालुवा तल्लो डुङ्गेश्वर नजिकै फेला परेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बाेहाेराले राताेपाटीलाई बताए।
रफ बुढाबालुवाकी पवित्रा रावलले शव कर्णालीमा देखेर जानकारी गराएकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण