काठमाडौँ । नेपाल संवत् ११४६ बुधबारदेखि सुरु भएको छ। नेपाल संवत्को नयाँ वर्षको स्वागतमा नेवार समुदायले आज बिहान राजधानीको वसन्तपुरमा सांस्कृतिक पहिरन सहितको र्याली निकालेका छन्।
_EzkIaBNFKP.jpg)
र्यालीमा सहभागीहरू नेवारी भेषभूषामा सजिएका थिए। र्यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरिएको थियो।
_VrCffZVCpC.jpg)
राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि.सं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए। नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको बताइन्छ।
_7ECikRuNEi.jpg)
नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ।
_fPnSdKAbff.jpg)
_7h58a4bVEg.jpg)
_YydtVWHoub.jpg)
_w1VTiSdchc.jpg)
_pW1kDOsGLn.jpg)
_KYJ9kNoaSo.jpg)
_WXNWKXrEqY.jpg)
_xYJw2XPDLy.jpg)
_O307PYOygT.jpg)
_GIEu1YdwGX.jpg)
_TGcqEZcc9r.jpg)
_07FGKDXfRE.jpg)
_kFU2Kf3NRc.jpg)
_0wj7NCIcWA.jpg)
_MDspbEFq1h.jpg)
_LfU257RSal.jpg)
_wPx2zTdIis.jpg)
प्रतिक्रिया