अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो सुनको मूल्य, लगातार दुई दिन गिरावट
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्न थालेको छ । मङ्गलबार र बुधबार सुनको मूल्यमा झण्डै ७ प्रतिशतको गिरावट देखिएको हो ।
सोमबार सुनको मूल्य प्रतिऔंस ४ हजार २६७ डलर पुगेको थियो । मङ्गलवार बजार खुल्दा सुन ४ हजार ३६६ डलरमा प्रतिऔंसमा कारोबार भएको थियो । तर, अन्तिम समयमा उक्त मूल्य ४ हजार १२५ डलरमा झरेको हो । यो ५.२९ प्रतिशतको गिरावट हो ।
मङ्गलबार ४ हजार १२४ अमेरिकी डलरबाट कारोबार सुरु भएको सुन यो समाचार तयार पार्दासम्म १.५२ प्रतिशतले घटेर ४ हजार ६४ अमेरिकी डलर प्रतिऔंसमा कारोबार भइरहेको छ ।
नेपालमा भने तिहारको सार्वजनिक बिदाको कारण नयाँ मूल्यदर तोकिएको छैन । तर, अन्तर्राष्ट्रिय बजारको आधारमा मूल्य घट्दा झण्डै १५ हजार रुपैयाँ भन्दा धेरै मूल्य सस्तो हुने देखिन्छ ।
अहिले बजारमा सुन सस्तो हुनुको कारणलाई अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको स्थिरताको सङ्केतलाई मुख्य कारण देखिएको छ । केही दिनअघि मात्रै युक्रेनका राष्ट्रपतिले थप हतियारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेका थिए ।
तर, ट्रम्पले भने अब मर्न र मार्न बन्द गर्नुपर्ने भन्दै युद्ध अन्त्य गर्नुपर्ने बाटो खोज्न सुझाएका थिए । यही कारणले अहिले सुनको मूल्यमा अल्पकालीन गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण