बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

‘जोगिन्दर’ले थाइल्यान्डका नेपालीसँग लगाए भाइटिका

शुक्रबार, ०७ कात्तिक २०८२, ११ : ०८
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • हास्यकलाकार शिवशंकर रिजाल 'जोगिन्दर'ले थाइल्यान्डमा नेपाली दिदीबहिनीसँग भाइटिका लगाए ।
  • उनले थाइल्यान्डमा साङ्गीतिक कार्यक्रमका लागि पुगेका थिए र दुई कार्यक्रम सम्पन्न गरे ।
  • जोगिन्दरको टोलीले थाइल्यान्डपछि बर्मामा पनि कार्यक्रम गर्नेछ ।

काठमाडौँ । हास्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले थाइल्यान्डमा रहेका नेपाली दिदी बहिनीसँग भाइटिका लगाएका छन् । साङ्गीतिक कार्यक्रमको सिलसिलामा केही दिनअघि थाइल्यान्ड पुगेका उनले त्यहाँ रहेका नेपाली दिदी बहिनसँग सामूहिक भाइटिका लगाएका हुन् ।

थाइल्यान्डको सामूहिक भाइटिका एकदमै रमाइलो र स्मरणीय बनेको उनले बताए । थाइल्यान्ड, बर्मा र मलेसियाको साङ्गीतिक कार्यक्रम लक्ष्य सहित कलाकार टोलीका साथ केही दिन पहिले थाइल्यान्ड पुगेका जोगिन्दरले दुई साङ्गीतिक कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

566343627_1154722819402546_381057747738455178_n

एक कार्यक्रम नेवारी सङ्घ थाइल्यान्डको आयोजनामा गरेका थिए भने अर्को कार्यक्रम थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीकोमा गरेका थिए । 

थाइल्यान्डमा अझै केही कार्यक्रम लिएर कलाकार टोली बर्मा पुग्नेछ । उनको संगीतिक टोलीमा अर्का हास्य कलाकार सुरेन्द्र केसी ‘मुला साग’ सहित केही गायक गायिका पनि सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप