बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

झापामा वृद्धसहित दुई पुरुष मृत भेटिए

शुक्रबार, ०७ कात्तिक २०८२, १२ : ५३
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • दमक र कमल गाउँपालिकामा एक वृद्धसहित दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
  • कमल-५ पाडाजुंगीमा एक वृद्ध आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
  • दमक-८ मा ७१ वर्षीय अर्का वृद्ध पनि आज बिहान घरमै मृत फेला परेका छन्, प्रहरीले अनुसन्धान थालेको छ।

दमक । जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित दुई पुरुष मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल–५ पाडाजुंगी चौक बस्ने ६१ वर्षीय टेकबहादुर खड्का आफ्नै घरमा मृत भेटिएका हुन् ।

तिहार मान्न श्रीमती कविता खड्का चितवन माइत गएका बेला खड्काले आफ्नै कोठामा मृतावस्थामा भेटिएका थिए । घरमा नातिनी श्रृजा निरौलासँगै बसेका हजुरबुबा खड्कालाई बिहानपख उठाउन खोज्दा नउठेपछि ढोका खालेर हेर्दा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

मृतकका २८ वर्षीय छोरा सरोज खड्का २०७९ कात्तिक १६ गते सोही कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । बुवा र छोराको तीन वर्षको अवधिमा एकै किसिमको मरणले स्थानीय बासिन्दा दुखित हुनुपरेको स्थानीय युवराज खड्काले बताए ।

यसैगरि दमक नगरपालिका–८ का ७१ वर्षीय अम्बिका खनाल आज बिहान आफ्नै घरमा मृत भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले दुवै घटनामा कानुनी मुचुल्का पूरा गरी शव पोष्टमार्टमका लागि दमक अस्पतालमा पठाइएको प्रहरी निरीक्षक नविन राईले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप