आगामी निर्वाचनका लागि वातावरण बनाउन सरकारलाई सर्वसाधारणको सुझाव
सारांश
- फागुन २१ गतेको निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकारलाई सुझाव दिइएको छ।
- निर्वाचनको तयारीका लागि राजनीतिक दलहरूसँग परामर्श र सहमतिमा जोड दिनुपर्ने कुरा राखिएको छ।
- सुरक्षा व्यवस्थापन र राजनीतिक दलहरूलाई सहमतिमा ल्याउनुपर्ने सुझाव दिइएको छ।
काठमाडौँ । सर्वसाधारणले आगामी फागुन २१ गतेको निर्वाचनका लागि आवश्यक वातावरण बनाउने काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन्। उनीहरूले राजनीतिक दलहरूसँग परामर्शमा जोड दिएर निर्वाचनको तयारी गर्नुपर्ने बताएका छन्।
काठमाडौँको भृकुटीमण्डपमा भेटिएका राजकुमार कोइरालाले मुलुकमा निर्वाचनको विकल्प नरहेको औँल्याउँदै यसका लागि आवश्यक सुरक्षा र राजनीतिक वातावरण बनाउन सरकारलाई आग्रह गरे। उनले जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट खोसिएका हतियार र भागेका कैदीबन्दीहरूको तत्काल व्यवस्थापन गर्नुपर्ने बताए। कोइरालाले सरकारले निर्वाचनका लागि सबै राजनीतिक दलहरूलाई सहमतिमा ल्याउन काम गर्नुपर्ने र यसमा अन्य राजनीतिक दलहरूले पनि सहयोग गर्नुपर्ने विचार राखे।
रामकुमार लामाले राजनीतिक दलहरूलाई सहमतिमा नल्याई सरकारले निर्वाचनको वातावरण बनाउन नसक्ने निष्कर्ष निकाले। उनका अनुसार देशलाई अनिश्चिततातर्फ जानबाट रोक्न निर्वाचन आवश्यक छ र सरकारले वातावरण बनाउन पुराना राजनीतिक दलहरूसँग मिलेर काम गर्नुपर्छ। यद्यपि ती दलहरूको कार्यशैलीको विरोध भइरहे पनि तल्लो तहसम्म उनीहरूकै जनाधार रहेकोले उनीहरूलाई स्टेकहोल्डरको रूपमा लिएर अघि बढ्नुपर्ने लामाको भनाइ छ।
'जेनजी आन्दोलन'पछि बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने म्यान्डेट पाए पनि सोहीअनुसारको गतिविधि नभएकोमा सर्वसाधारण असन्तुष्ट देखिन्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान
-
लुम्बिनीमा बजेट पारित गर्ने वातावरण बनाउने प्रयास, कमजोरी सच्याएर अघि बढ्न सत्ता पक्ष सकारात्मक
-
कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा १४ जनाले दिए आवेदन
-
राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी
-
‘असारे विकास’को चटारोः पहिलो १५ दिनमै साढे ६७ अर्ब बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण