१३ दिनदेखि हराएकी बालिका मृत फेला
विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ की १३ दिनदेखि हराएकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।लेटाङ–२ निवासी अंशु गौतमको शव आज (शुक्रबार) चिसाङ साझेदारी वनमा फेला परेको हो ।
स्थानीयवासी घाँस काट्न जाने क्रममा वनभित्र बालिकाको शव देखेपछि तत्कालै प्रहरीले खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय लेटाङ र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको र प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल सहितको टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।
अंशु करिब १३ दिनअघि असोज २१ गते घरबाट हराएकी थिइन्। परिवारले उनको खोजीका लागि विभिन्न ठाउँमा सूचना समेत दिएका थिए। घटनास्थल वरिपरि सुरक्षा घेराबन्दी गरी अनुसन्धान भइरहेको र शव पोस्टमार्टमका लागि पठाइने प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण