सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित दुई जना पक्राउ

शुक्रबार, ०७ कात्तिक २०८२, १८ : ३३
शुक्रबार, ०७ कात्तिक २०८२

काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको रु ६९ लाख ८५ हजारसहित एक जना नेपाली र अर्का चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनार रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने,“स्रोत नखुलेको रकमसहित एक जना चिनियाँ र एक जना नेपाली गरी दुई जनालाई पक्राउ गरिएको छ ।

उनीहरूका विषयमा आवश्यक थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेकाहरूको भाडामा लिएको कोठाबाट प्रहरीले सुनका गहनासमेत बरामद गरेको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप