बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चेल्सीलाई स्तब्ध पार्दै सन्डरल्यान्ड दोस्रो स्थानमा

शनिबार, ०८ कात्तिक २०८२, २२ : ०२
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • चेल्सी प्रिमियर लिग फुटबलमा सन्डरल्यान्डसँग घरेलु मैदानमा २-१ गोलले पराजित भयो।
  • चेल्सीका लागि अलेजान्ड्रो गार्नाचोले गोल गरे, तर टोलीले अग्रता जोगाउन सकेन।
  • सन्डरल्यान्डले खेल २२ औं मिनेटमा बराबरी गोल गर्यो र इन्जुरी समयमा जित हासिल गर्यो।

लण्डन । स्टामफोर्ड ब्रिजमा भएको खेलमा विङ्गर चेम्सडाइन ताल्बीले खेलको ९४ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई स्तब्ध पारेपछि सन्डरल्यान्ड प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

रेगिस ले ब्रिसको टिम वेस्ट लन्डनमा महत्त्वपूर्ण एक अंकको नजिक थियो, तर द्रुत काउन्टरअट्याकमा ताल्बीले बक्सको छेउबाट गोल गर्दै टोलीले तीन अंक हात पार्‍यो। यो जित सिजनमा सन्डरल्यान्डको पहिलो अवे जित थियो । 

अलेहान्द्रो गार्नाचोको उत्कृष्ट एकल प्रयासमा सिजनको पहिलो गोलसँगै चेल्सी खेलमा सुरुवाती अग्रता लिएको थियो। तर, सन्डरल्यान्डले विल्सन इसिडोर मार्फत बराबरी गर्‍यो । यो सिजन उनको यो चौथो गोल गरे।

दोस्रो हाफमा सन्डरल्यान्ड कम आक्रामक देखियो र क्लब विश्वकप च्याम्पियनविरुद्ध एक अंकमा सन्तुष्ट हुने रणनीतिमा थियो। तर, घरेलु टोली स्पष्ट मौका सिर्जना गर्न संघर्ष गर्नपर्‍यो र

विजयी गोलको खोजीमा धेरै खेलाडी अगाडि बढायो। सन्डरल्यान्डले चेल्सीको हाफमा छोडिएको खाली ठाउँको उत्कृष्ट फाइदा उठाउँदै विजयी गोल गर्‍यो । 

यो जितको अर्थ सन्डरल्यान्ड शीर्ष स्थानमा रहेको आर्सनलभन्दा दुई अंक पछि पर्दै दोस्रो स्थानमा पुगेको छ । यद्यपि उनीहरूले एक खेल बढी खेलेका छन्।  जित हात पारेको भए दोस्रो स्थानमा जाने चेल्सी, लन्डन प्रतिद्वन्द्वी टोटनह्यामभन्दा पछि पर्दै सातौँ स्थानमा झरेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप