आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन आग्रह
सारांश
- एकै दिन देशभर १४ ठाउँमा आगलागीका घटनाहरू भएका छन्, जसमा ६ जना घाइते भए र लाखौंको क्षति भएको छ।
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका अधिकांश घटना सावधानीको कमीले भएका हुन्।
- मनसुन सकिएपछि आगलागीका घटना बढेका छन्, र प्राधिकरणले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । एकै दिन देशभर १४ आगलागीका घटना भएका छन् । पूर्वसावधानी तथा चेतना अभावमा देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको तथ्याङ्क राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुरपूर्व, रोल्पा, गुल्मी, रुकुमपश्चिम, कञ्चनपुर र दार्चुलामा एकै दिन अर्थात् कात्तिक ७ गते आगलागीका घटना घटेका छन् । अधिकांश आगलागीका घटना असावधानीका कारण घटेको देखिन्छ ।
प्राधिकरणका अनुसार कात्तिक ६ गते पनि १३ आगलागीका घटना भएका थिए । झापा, इलाम, सुनसरी, सङ्खुवासभा, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, कालिकोट र पर्सामा दुई आगलागीका घटना घटेका थिए । यस्तै पाल्पामा तीन आगलागीका घटना घटेका थिए । कात्तिक ५ गते १७ आगलागीका घटना घटेका थिए । प्राधिकरणको उपलब्ध गराएको तीन दिनको विवरणमा अधिकांश विपद्का घटनामा आगलागी देखिएको छ । मनसुन सकिएर वर्षा हुन छाडेपछि देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको देखिएको छ । आगलागीबाट जोगिनका लागि विशेष सावधानी अपनाउनसमेत प्राधिकरणले आग्रह गरेको छ ।
कात्तिक ७ गते देशभर कुल १८ विपद्का घटना घटेका थिए । ती घटनामा परेर ६ जना घाइते भएका छन् । ती घटनामा परेर रु ७७ लाख ९१ हजार बराबरको अनुमानित क्षति भएको छ । यस्तै, सर्पदंशका दुई, पहिरो एक र चट्याङ, जनावर आक्रमणका एकएक घटना घटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण