माैसम पूर्वानुमान
आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना
आइतबार, ०९ कात्तिक २०८२, ०६ : १५
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
- आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ।
- कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जाइन्ट किलर’ ले इतिहास रच्दा विश्वकपकै सबैभन्दा भावुक क्षण बन्यो
-
हैदराबादको सडक अब ‘डोनाल्ड ट्रम्प एभिन्यु’: ट्रम्पले तस्बिर सेयर गर्दै भने, ‘थ्याङ्क्यू’
-
कांग्रेस नेता अभिषेक गिरी पक्राउ
-
हिउँ परेको साँझ जङ्गलछेउ रोकिँदा
-
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
खाडीबाट फर्केर गाईपालन, मासिक रु दुई लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण