जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी प्रतिबद्ध : प्रचण्ड
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
- प्रचण्डले केपी ओलीको सिफारिसमा बनेको अन्तरिम सरकारलाई समर्थन जनाएका थिए।
- उनले पार्टीको पहिलो कार्यभार निर्वाचन सफल पार्नु रहेको बताए।
गोरखा । नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
गोरखा सदरमुकाममा आइतबार जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'जेनजी आन्दोलनले उठाएका विषयहरू हामीले संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ।'
अन्तरिम सरकारबारे आफ्नो धारणा राख्दै प्रचण्डले थपे, 'केपी ओलीको सिफारिसमा बनेको अन्तरिम सरकारप्रति हामीले पनि समर्थन जनाएका थियौँ। तर हाम्रो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधनपछि मात्र संसद् विघटन गर्नुपर्छ भन्ने थियो। जेनजी आन्दोलन हाम्रा उत्तराधिकारी हुन् र हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेका थियौँ।'
अब चुनाव घोषणा भइसकेको अवस्थामा निर्वाचन सफल पार्नु नै पार्टीको पहिलो कार्यभार हुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री उषा रजकको गुनासो : मलाई ‘ह्यारेसमेन्ट’ भयो, प्रहरीको सहयोग मिलेन
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण