भुवा जात्रा हेर्न जाजरकोट पुगेका दैलेखका युवकको हत्या, ६ जना पक्राउ
सारांश
- दैलेखका एक युवकको जात्रा हेर्न गएको बेला जाजरकोटमा हत्या भएको छ।
- हत्यामा नौमुले गाउँपालिकाका व्यक्तिहरु संलग्न रहेको र घटनापछि फरार भएका थिए।
- प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ र अनुसन्धान भइरहेको छ।
सुर्खेत । चाडपर्वको समयमा लाग्ने भुवा जात्रा हेर्न पुगेका दैलेखका एक युवकको हत्या गरिएको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका—८ पंक भन्ने ठाउँमा जात्रा हेर्न पुगेका दैलेख नौमुले गाउँपालिका—४, उत्तिसेनीका ३९ वर्षीय लाल बहादुर पुन मगरको हत्या भएको हो । हत्यामा संलग्नहरू पनि नौमुलेकै रहेको जाजरकोट प्रहरीले जनाएको छ ।
जाजरकोट प्रहरीका अनुसार, कात्तिक ३ गते साँझदेखि जुनीचाँदे गाउँपालिकाको पंकस्थित दलसरा रावतको बारीमा मेला लागिरहेको थियो । सोही क्रममा ४ गते बिहान करिब ३ बजे लाल बहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाइएको थियो । घाइते अवस्थामा उनलाई उनका साथीहरू विवेक बुढा मगर र वीर बहादुर घर्ती मगरले घटनास्थलबाट आफ्नो घरमा लगेका थिए ।
५ गते पुन मगर आफ्ना साथीहरूसँग घर जाने भन्दै सोही ठाउँको पंक गाउँमा रहेको दलवीर रावतको घरमा पुगेका थिए । सोही रात भान्छा कोठामा सुतेका पुन मगर कात्तिक ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए ।
घटनालगत्तै हत्यामा संलग्न व्यक्तिहरू फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय जाजरकोट र जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वयमा कात्तिक ७ गते विभिन्न स्थानबाट फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक हरिराम डाँगीले बताए ।
पक्राउ पर्नेहरूमा दैलेख नौमुले गाउँपालिका—४, कै भित्रिखोलाका २९ वर्षीय पदम बहादुर रोका मगर, २८ वर्षीय नर बहादुर गुरुङ, २८ वर्षीय वीरेन्द्र रोका मगर, ३२ वर्षीय तिलक घर्ती मगर, २९ वर्षीय लक्ष्मण सुनार र २८ वर्षीय कमल रानामगर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण