बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लुलु एक्सचेन्जबाट नेपाल पैसा पठाउँदा १ किलो सुन जित्न सकिने अफर सार्वजनिक

सोमबार, १० कात्तिक २०८२, ११ : १०
सोमबार, १० कात्तिक २०८२

काठमाडौँ । युएईको अग्रणी वित्तीय सेवा प्रदायक संस्था लुलु एक्सचेन्जले आफ्ना ग्राहकहरूका लागि एक अफर सार्वजनिक गरेको छ । 

जसअनुसार युएईमा रहेका नेपालीहरूले लुलु एक्सचेन्जमार्फत नेपालमा पैसा पठाउँदा १ किलो सुन जित्न सक्नेछन् । साथसाथै दुई मेगा पुरस्कारमा Dongfeng Shine कार र Dongfeng Mage  कार र लियोनल मेस्सीले हस्ताक्षर गरेको अर्जेन्टिनाको फुटबल जर्सी जित्न सक्ने कम्पनीले जनाएको छ । 

अफर अवधिभित्र नेपालमा पठाइएका प्रत्येक रेमिट्यान्स ट्रान्जेक्सन स्वतः लकिड्रमा सहभागी हुनेछन् । यो अफर २०२५ नोभेम्बर २२ सम्म मान्य रहने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लुलु एक्सचेन्जले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ, जसले पैसा पठाउने अनुभवलाई सजिलो, अर्थपूर्ण र फलदायी बनाउने कम्पनीको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप