काभा पुरुष भलिबलः माल्दिभ्सलाई हराउँदै नेपाल पाँचौँ
मङ्गलबार, ११ कात्तिक २०८२, १२ : ०७
सारांश
- नेपाली पुरुष भलिबल टोलीले काभा कपमा माल्दिभ्सलाई हराएर पाँचौँ स्थान हासिल गर्यो।
- खेल ढाकास्थित सहिद सुह्रवर्दी इन्डोर स्टेडियममा भएको थियो।
- नेपालले माल्दिभ्सलाई ३-१ सेटले पराजित गरेको थियो।
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष भलिबल टोली बङ्गलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलमा पाँचौँ भएको छ ।
ढाकास्थित सहिद सुह्रवर्दी इन्डोर स्टेडियममा मंगलबार माल्दिभ्सलाई हराउँदै नेपाल पाँचौँ स्थान हासिल गरेको हो ।
पाँचौँ स्थानका लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३–१ सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेट २९–२७ मा जित्दा दोस्रोमा २५–२० को जित निकाल्यो ।
यता तेस्रो सेट माल्दिभ्सले ३७–३५ मा आफ्नो पक्षमा बनायो । नेपालले चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो ।
प्रतियोगितामा नेपालले माल्दिभ्सलाई दोस्रो पटक पराजित गरेको हो । लिग चरणमा नेपाल एक खेल जितेर पाँचौँ तथा सबै पाँच खेल हारेको माल्दिभ्स छैटौँ भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण