शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालत

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीन जनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

बुधबारका लागि पेसी ताेकियाे
मङ्गलबार, ११ कात्तिक २०८२, १६ : ३४
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र आगजनी छानबिनका लागि गठित आयोगविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ।
  • अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीन जनाविरुद्ध रिट पेस गरेका थिए।
  • रिट निवेदकले आयोगका पदाधिकारी पूर्वाग्रही भएको र अध्यक्षले समाचार सेयर गरेको आरोप लगाएका छन्।

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता विपिन ढकालले आइतबार आयोगका अध्यक्ष कार्कीसहित तीन जनालाई विपक्षी बनाएर रिट पेस गरेका थिए । उक्त रिट मङ्गलबार दर्ता भएको सर्वोच्च अदालत प्रशासन जनाएको छ । दर्ता भएको रिटको पेसी बुधबारका लागि तोकिएको छ ।

आयोगका दुई पदाधिकारीहरू पूर्वाग्रही र विषयवस्तुबारे तटस्थ नभएको अवस्थामा भण्डारीले समेत त्यसमाथि प्रश्न उठाउन नसकेको आरोप रिट निवेदकको छ । 

पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्षको रूपमा नियुक्त गरी न्याय प्रणालीले अवलम्बन गरेको प्राकृतिक न्यायको सिद्धान्त उल्लङ्घन भएको सर्वोच्चमा दायर रिटमा उल्लेख छ । 

अध्यक्ष कार्कीले आफैँले छानबिन गर्नुपर्ने विषयका सम्बन्धमा आफ्ना समाचार सेयर गर्नु र अन्तर्वार्ता दिनुले समेत स्वच्छ सुनुवाइको सिद्धान्तको उल्लङ्घन भएको पनि रिटमा उल्लेख गरिएको छ ।

उनीहरूलाई निवेदनको अन्तिम टुङ्गो नलागेसम्म अध्यक्ष तथा सदस्यको रूपमा कुनै कार्य नगर्न र नगराउन अन्तरिम आदेशको माग समेत गरिएको छ ।

जेनजी आन्दोलनपछि भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप