संसद् भवन आगजनी गरेको आरोपमा स्ववियु सदस्यसहित चार जना पक्राउ
सारांश
- संसद भवन आगजनीमा स्ववियु सदस्य सुजन वाइबाको संलग्नता रहेको पुष्टि भयो।
- प्रहरीले वाइबा समूहका चार जनालाई पक्राउ गरेको छ, जसमा हतियार लुटपाटको आरोप छ।
- आगजनी र हतियार लुटेको आरोपमा पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । जेनजी प्रदर्शनमा उच्छृङखल गतिविधि गर्दै संसद् भवन आगजनी गर्नेमा स्ववियु सदस्य नै संलग्न रहेको भेटिएको छ ।
पेट्रोल बोकर संसद् भवनमा गएर आगजनी गर्नेमा बानेश्वर बहुमुखी क्याम्पसका स्वावियु सदस्य सुजन वाइबाको संलग्नता देखिएको प्रहरीको अनुसन्धाननबाट थाहा भएको छ । वाईवा अखिल (क्रान्तिकारी)बाट बानेश्वर क्याम्पसको स्ववियु सदस्य निर्वाचित भएका थिए ।
आगजनी र हतियार लुटमा संलग्न आरोपमा वाइबा समूहका चार जनालाई पक्राउ गरिएको काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए । ‘वाइबाको समूहले प्रहरीको चार नाल हतियार पनि लुटेको देखिन्छ,’ उनले भने ।
पक्राउ पर्नेमा स्ववियु सदस्य २५ वर्षीय वाइबा, कञ्चनपुर घर भएका २० वर्षीय विकाश अग्री, दोलखा मेलुङ गाउँपालिका–६ घर भएका २४ वर्षीय युवराज भण्डारी र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ घर भएका २५ वर्षीय अनिल बुढा छन्, बुढा इनड्राइभ चालक हुन् ।
भदौ २४ मा सो समूहले हतियार लुटेर प्रदर्शन गरेको र पेट्रोल बोकेर प्रहरी वृत्त नयाँ बानेश्वर, प्रभाग कोटेश्वर र संसद् भवनमा आगजनी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
आरोपीहरूले लुटेको हतियार नेपाली सेनालाई बुझाएको प्रहरीसँग बताएका छन् । कात्तिक १० मा पक्राउ परेका आरोपीहरूमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले आपराधिक उपद्रव गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण