आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

लुभ्रमा लुटपाट गरेको आरोपमा ५ जना पक्राउ

बिहीबार, १३ कात्तिक २०८२, १४ : ३४
बिहीबार, १३ कात्तिक २०८२

काठमाडौँ । लुभ्रमा लुटपाटमा संलग्न रहेको आशङ्कामा थप पाँच जना सन्दिग्धलाई पक्राउ गरिएको छ । बुधबार राति पेरिसबाट ती सन्दिग्धहरूलाई समातिएको पेरिसको सरकारी अभियोजक लोआ बेक्कोले बताएकी छिन् । 

हिरासतमा लिइएका मध्ये एक जना मुख्य सन्दिग्ध भएको भन्दै एएफपीले समाचार छापेको छ । यस अघि समातिएका दुई जना सन्दिग्धले बुधबार लुटपाटमा आंशिक संलग्नता स्वीकार गरेपछि थप अरू सन्दिग्ध पक्राउ परेका हुन् ।

अक्टोबर १९ मा बिहान संग्राहलय खुल्ने समयमा लुभ्रमा लुटपाट भएको थियो । यस क्रममा चोरहरूले ८ करोड ८० लाख यूरो मूल्य बराबरको गरगहना चोरेका थिए । 

अहिलेसम्म यी गरगहना फिर्ता भइनसकेको बेक्कोले बताएकी छिन् । पक्राउ परेकामध्ये एकको डीएनए घटनास्थलमा फेला परेको उनले बताएकी थिइन् । 

अनुसन्धानकर्ताहरूले यस विषयमा धेरै जानकारी दिएका छैनन् । सीसीटीभीमा चार जनाले चोरी गरेको देखिएको थियो । तर यसमा अरू मान्छे पनि संलग्न हुन सक्ने अधिकारीहरूले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप