अपडेट
वरिष्ठ उपाध्यक्षलाई कारबाही गर्न एन्फाको आपत्कालीन बैठक बस्दै
शुक्रबार, १४ कात्तिक २०८२, १२ : १४
सारांश
- एन्फाले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का माथि अनुशासनको कारबाहीका लागि आकस्मिक बैठक बोलाएको छ।
- बैठक शुक्रबार दिउँसो १ बजे भिडियो कन्फरेन्स मार्फत बस्नेछ।
- एन्फा विधानको धारा ३९ बमोजिम आपत्कालीन बैठक बोलाइएको हो।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कामाथि अनुशासनको कारबाहीका लागि आकस्मिक कार्यसमिति बैठक बोलाएको छ।
बैठक आज (शुक्रबार) दिउँसो १ बजे भिडियो कन्फरेन्स (गुगल मिट) मार्फत बस्ने गरी आह्वान गरिएको हो।
एन्फाले जारी गरेको पत्रमा उल्लेख भएअनुसार, संघको विधानको धारा ३९ को उपधारा (२) र (६) बमोजिम यो आपत्कालीन बैठक आह्वान गरिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण