बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रतिकूल मौसमका बाबजुद पनि ‘परान’ लाई दर्शकको राम्रो प्रतिक्रिया : अभिनेत्री चन्द

शनिबार, १५ कात्तिक २०८२, १४ : १६
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • अभिनेत्री पूजा चन्दले चलचित्र 'परान' प्रदर्शनको दोस्रो दिन पनि दर्शकको उत्साह कायमै रहेको बताइन्।
  • उनले प्रतिकूल मौसमका बाबजुद पनि दर्शकबाट राम्रो प्रतिक्रिया आएको र मौसम सुधारिएपछि अझ धेरै दर्शक आउनेमा विश्वास व्यक्त गरिन्।
  • दीपकराज आचार्य (काकु) द्वारा निर्देशित चलचित्रमा निर शाह, केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

काठमाडौँ । अभिनेत्री पूजा चन्दले चलचित्र ‘परान’ प्रदर्शनमा आएको दोस्रो दिन पनि दर्शकको उत्साह कायम रहेको बताएकी छन्।

शुक्रबारदेखि देशभरका विभिन्न सिनेमा हलहरूमा प्रदर्शनमा आएको यस चलचित्रले प्रतिकूल मौसमका बाबजुद पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको पूजा चन्दको भनाइ छ। दर्शकहरूसँगै चलचित्र हेरेपछि अभिनेत्री चन्दले मौसमले पूर्ण साथ नदिए पनि दर्शकको प्रेमप्रति खुसी व्यक्त गरिन्।

मौसम सुधार भएपछि अझ धेरै दर्शक हलमा आउनेमा आफू विश्वस्त रहेको उनले बताइन्। उनका अनुसार चलचित्रको पहिलो दुई दिनमै विभिन्न स्थानबाट सकारात्मक समीक्षात्मक प्रतिक्रिया आएको छ।

उनले भनिन्–  ‘डेफिनेट्ली हामीलाई वेदरले चाहिँ एकदम साथ दिइरहेको छैन। आशा छ आजदेखि राम्रो हुन्छ होला, अनि दर्शकहरू हलमा अझ धेरै झुम्मिने क्रम बढ्छ होला । किनभने दर्शकहरू जति पनि आउनु भएको छ, आएर पनि उहाँहरूले जुन प्रतिक्रिया दिनुभएको छ, जति पनि अहिले सोसल मिडियामा कभरेज भएको छ, पोस्टहरू बनाई राख्नुभएको छ त्यसले पनि धेरै इफेक्ट पार्छ। सबै ठाउँबाट पोजेटिभ रेसपोन्सहरू आइराखेको छ। त्यसले गर्दा म खुसी छु।’

दीपकराज आचार्य (काकु) बाट निर्देशित उक्त चलचित्रमा अभिनेता निर शाहसहित अभिनेत्री केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रवीण खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारको अभिनय रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप