इङ्लिस प्रिमियर लिगः लिभरपुल र चेल्सी विजयी
सारांश
- लिभरपुलले एस्टन भिलालाई २-० गोलले पराजित गर्यो, जसमा सलाह र ग्राभेनबर्चले गोल गरे।
- चेल्सीले टोटनह्यामलाई १-० गोलले हरायो, जसमा जोआओ पेड्रोले निर्णायक गोल गरे।
- दुवै टोलीले जितसँगै अङ्क तालिकामा महत्त्वपूर्ण अङ्क जोडेका छन्।
काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले आ-आफ्ना खेलमा शानदार जित दर्ता गरेका छन्।
आइतबार राति भएको खेलमा लिभरपुलले एस्टन भिलामाथि २-० को सहज जित हात पारेको हो। लिभरपुलका मोहम्मद सलाह र रायन ग्राभेनबर्चले गोल गर्दै टोलीलाई जित दिलाए। सलाहले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै अग्रता दिलाए भने दोस्रो हाफको ५८ औँ मिनेटमा ग्राभेनबर्चले अर्को गोल थपे।
त्यसअघि शनिबार सम्पन्न खेलमा चेल्सीले टोटनह्याममाथि १-० को जित हासिल गरेको थियो। चेल्सीका जोआओ पेड्रोले खेलको ३४औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई तीन अङ्क दिलाए।
यस्तै शनिबारै सम्पन्न अर्काे खेलमाआर्सनलले बर्नलीमाथि २-० को जित हासिल गरेको छ। आर्सनलका लागि विक्टर ज्योकेरेसले खेलको १४औँ मिनेटमा पहिलो गोल गरे भने डेक्लान राइसले ३५औँ मिनेटमा दोस्रो गोल थपे।
जितसँगै टोलीहरुले अङ्कतालिकामा महत्त्वपूर्ण अङ्क जोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण